कुशलको आक्रामक अर्धशतक, नेपालको सानदार ब्याटिङ

काठमाडाैं | साउन ३, २०८०

कुशलको आक्रामक अर्धशतक, नेपालको सानदार ब्याटिङ

काठमाडौं:   नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएईविरुद्ध सानदार ब्याटिङ गरेको छ ।

 

नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङका साथ सानदार सुरुवात दिलाएका हुन् । नेपालले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

 

कुशल भुर्तेल ३३ बलमा ८ चौका र २ छक्कासहित ५१ रनमा क्रिजमा छन् । उनलाई देव खनालले २६ बलमा ४ चौकासहित १८ रनमा साथ दिएका छन् । ओपनर अर्जुन साउद भने पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।

 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

 

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्